मध्यपहाडी लोकमार्ग ‘रुट’को विकल्प खोज्दै दैनिक धर्ना

पाेखरा | चैत ८, २०७९

मध्यपहाडी लोकमार्ग ‘रुट’को विकल्प खोज्दै दैनिक धर्ना

पोखरा:   विष्णु नेपाली पोखरा महानगरपालिकाका १६ का निवर्तमान वडासदस्य हुन् ।  ‘धार्मिक क्षेत्र मास्न पाइँदैन, गैरकानुनी सिफारिस गर्न पाइँदैन’ भन्ने प्लेकार्डसहित धर्ना बस्नु उनको दैनिकी बनेको छ । 


पोखराको याम्दीदेखि अर्मलाकोटसम्मका मध्यपहाडी लोकमार्गका जग्गाधनीहरुले विगत सात महिना यता निरन्तर आन्दोलन गर्दै आएका छन् । त्यसकै प्रतिनिधि पात्र हुन् वडा सदस्य नेपाली ।


पोखरा १६ का निवर्तमान वडाध्यक्ष जीवन आचार्यले वडाभित्र पर्ने पुष्पलाल मध्यपहाडी राजमार्गको सम्पूर्ण भेगको लागि आवश्यक पर्ने अर्मलाकोट देखि याम्दी सम्मको जग्गामा कुनै विवाद नभएको र मुआब्जा दिन नपर्ने भन्दै सिफारिश गरेकोमा उनहिरुको आपत्ति छ । क्षतिपूर्ति समेत न्यून तोकिएको र राजमार्गको निर्माणको लागि वडाको सबैको सहमति रहेको भन्दै आचार्यले राजमार्ग बनाउन सिफारिस गरेपछि स्थानीयहरु आन्दोलित भएका हुन् । 


राजमार्ग रेखाङ्कन भएको खण्डमा महेन्द्र गुफा, चमेरे गुफा लगायतका धार्मिकस्थल भएको र स्थानीयलाई बढी क्षति पुग्ने भन्दै स्थानीयहरुले राजमार्गको वैकल्पिक मार्ग रेखाङ्कनको माग गर्दै वडा कार्यालयमा दैनिक २ घण्टा ताला लगाएर धर्ना बस्न थालेका हुन् । 


वडासदस्य नेपालीले भनिन् ‘वडाध्यक्षले वडाका सदस्यहरुलाई समेत जानकारी नदिई रेखाङ्कन गर्न लगाउनु नै त्रुटि भयो, हामी सबैलाई मर्का परेको छ ।’

 

उनले तत्कालिन वडाध्यक्ष आचार्यले त्रुटि गरेको भन्दै हालका जनप्रतिनिधिहरुले राजमार्ग रेखाङ्कनको विकल्प खोज्न जरुरी रहेको बताइन् ।


कास्कीको मादी गाउँपालिकाअन्तरगत भैसे ज्यादु, मेलबोट, पानीघाट, आँटीघर, कालिखोला पुल, अमला बिसाउनी लामाचौर, जौंबारी र याम्दी पुलसम्म मध्यपहाडी राजमार्ग ३५ दशमलव ५ किलोमिटरको नयाँ रेखाङ्कन भएको छ । 


०७७ फागुन ८ गते तत्कालिन गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, पोखरा महानगर प्रमुख मानबहादुर जिसी, मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ लगायतको संयुक्त बैठकले पोखरा महानगरपालिका १३, १२, ११ र १६ हुँदै निर्माणकार्य अगाडि बढाउँदा धेरै संरचनामा लगायत नागरिकहरु घरवारविहीन हुने भन्दै पुनः नक्साकन गर्न सिफारिस गरेको थियो । 


सयुक्त बैठकले मादी गाउँपालिकाको भैसे पुलदेखि उत्तर बेतयानी, ज्यादु पुल, वडा नम्वर ३ देखि ७ वडा हुँदै गिड मेलबोट पानी घाट, गिउजेखोला हुँदै पोखरा २० सिमानादेखि घ्यापू काफल डाडा, मोहरिया आटीघर कुरागाउँ हुँदै अर्मलाकोट, अर्मलाटारी ¥याले हुँदै महेन्द्र गुफा अमलाबिसौनी, पोखरा महानगरपालिका लामाचौर हुँदै निर्माणाधिन सेती पुलको उपयुक्त हुने रेखाङ्कन सिफारिस गरेको थियो । 


नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन २६ को बैठकले सोही विस्तृत परियोजना प्रतिवेदनलाई आधार मान्दै भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको ३५ दशमलव ५ किलोमिटर सडक रेखांकन पास गरेको थियो । 


पोखरा महानगरपालिका १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विवाद भएको क्षेत्रमा आयोजना कार्यालयले तत्काल काम अगाडि बढाउन नसकिने पत्र पठाएको बताए । 


‘यो संघीय सरकार मातहतको राष्ट्रिय गौरवको आयोजना हो, रेखाङ्कनको विषय मन्त्रीपरिषदको बैठकले टुङ्गाउँला, हामीले सहजीकरण गछौं निकास चाहिँ संघले दिनुपर्छ’ तिमिल्सिनाले भने, ‘आयोजना क्षेत्र विवादित भएपछि कार्यालयले विवादित क्षेत्रमा काम अगाडि नबढाउने पत्र पठाएको छ ।’


पुष्पलाल मध्यपहाडि राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले पोखरा १६को ५ सय मिटर आयोजना क्षेत्र विवादित भएको बताए । 


‘पोखरा महानगरपालिका १६ को कालीखोलादेखि महेन्द्र गुफासम्म विवादित क्षेत्र हो, विवादित क्षेत्रमा काम गदैनौ भनेर महानगरमा पत्राचार गरेका छौं, भण्डारीले भने, ‘५ सय मिटर जति होला विवादित, विशेष गरी ३ सय मिटर भित्र व्यक्तिको जग्गा पर्छ भन्ने गुनासो आएको छ ।’


उनका अनुसार मादीको भैसेदेखि याम्दीसम्म राजमार्ग आयोजना कार्यालयले स्वच्छन्द एपेक्स जेभीलाई ३५ दशमलव ५ किलोमिटर खण्डको निर्माण गर्न ३ अर्ब ४२ करोड रुपैयाँमा ३ वर्षभित्र सक्ने गरी जिम्मा दिएको छ । 


पोखरा महानगरपालिका १६ को आयोजना क्षेत्रमा विवादित भएपनि मादीको भैसेतर्फ भने काम भइरहेको राजमार्ग पर्वतका प्रमुख भण्डारीले जानकारी दिए । 


यस विषयमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ०७९ पुस ९ गते सडक रेखांकन तथा टेण्डर प्रक्रिया रोक्न र विकल्पको खोजी गर्न भन्दै पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय काठमाडौंलाई पत्राचार गरेका थिए । 

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्